Khabar Out
काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी अलैँची निर्यात

झापा । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी निर्यात हुनेमा अलैँची शीर्ष स्थानमा छ । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार उक्त अवधिमा रु पाँच अर्ब ५३ करोड ३२ लाख ४९ हजारको अलैँची भारततर्फ निर्यात भएको छ ।

कार्यालयका अनुसार उक्त अवधिमा रु एक अर्ब ८५ करोड ६२ लाख सात हजारको चिया र रु ८३ करोड ७० लाख ८६ हजारको प्लाइउड निर्यात भएको छ । साथै रु ४८ करोड ५२ लाख ७३ हजारको छुर्पी, रु ४४ करोड ९९ लाख ११ हजारको भेनियर सिट, रु ३७ करोड ४५ लाख ३८ हजारको अदुवा र सुठो, रु ३० करोड ४१ लाख ४९ हजारको अम्रिसो र रु ११ करोड ३१ लाख ९१ हजार मूल्य बराबरको काउली र बन्दागोपी निर्यात भएको छ ।

साथै, रु नौ करोड १२ लाख ८७ हजारको मुसुरो र रु तीन करोड ७८ लाख ८३ हजार मूल्य बराबरको फलामे पाता पनि निर्यात भएको भन्सारले जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update