एमाले सचिवालय बैठक आइतबार बस्ने
काठमाडौँ । एमालेको सचिवालय बैठक आइतबार बस्ने भएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे छलफल गर्न आइतबार बिहान ११ बजे बस्ने गरी बैठक बस्न लागेको एमाले सचिव राजन भट्टराईले जानकारी दिए ।
बैठकमा प्रतिनिधिसभामा समानुपातिकतर्फका उम्मेदवारबारे छलफल हुने उनले बताए । 'समानुपातिकतर्फका उम्मेदवारको नाम छनोट तथा निर्वाचनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक डाँकिएको छ,' सचिव भट्टराईले भने ।
बैठक ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ । पार्टीको ११औं राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो ।
प्रकाशित मिति: शनिबार, पुस १२, २०८२ २१:१३
प्रतिक्रिया दिनुहोस्



