Khabar Out
राजनीतिक दल र जेनजीको दोहोरो दबावमा छाैँ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न मेहनतका साथ सरकारले काम गरिरहेको बताएका छन् ।

बाह्रखरी मिडियाद्वारा बिहीबार ‘डिशहोम सातौँ बाह्रखरी कथा लेखन प्रतियोगिता, २०८२’ का विजयी लेखकलाई पुरस्कार प्रदान गर्दै निर्वाचनमा नै वर्तमान सरकारको अर्जुनदृष्टि रहेको बताइन् । उनले सुशासन कायम गर्न पनि सरकार अहोरात्र खटेको बताइनन् ।

वर्तमान सरकारमाथि चौतर्फी प्रहार भइरहेको तर अचानोमा परेरै भए पनि मेहनतका साथ काम गरिरहेको प्रधानमन्त्री कार्कीले बताइन् ।

प्रधानमन्त्री कार्कीले सबै कुरा एकैचोटि हुनुपर्ने आशा सबैतिरबाट भएको बताउँदै तर सबै कुरा एकैचोटी गर्न नसक्ने भएकाले सरकारले निरन्तरः काम गरिरहेको बताइन् । राजनीतिक दल र जेनजीको दोहोरो दबावमा सरकार परेको बताइन्।

प्रधानमन्त्री कार्कीले सरकार छोडेर हिँड्ने अवस्था पनि नरहेको बताइन् ।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update