जेनजी आन्दोलनमा फरार तीन कैदी पक्राउ
काठमाडौँ । काठमाडौँको सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट भागेका तीन कैदीलाई प्रहरीले पुनः पक्राउ गरेको छ। जेनजी आन्दोलनको मौका छोपेर फरार भएका उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौँका विभिन्न स्थानबाट समातेको हो।
पक्राउ पर्नेहरूमा जबरजस्ती करणी मुद्दामा कैद सजाय काटिरहेका धादिङका ३४ वर्षीय सञ्जीव परियार र ३५ वर्षीय विवेक परियार तथा मकवानपुरका ३७ वर्षीय राजेन्द्र परियार छन्। उनीहरू तीनै जनालाई अदालतले १३ वर्ष कैदको सजाय सुनाएको थियो। उनीहरू २०७४ साल असोजदेखि कारागारमा सजाय भुक्तान गरिरहेका थिए।
ब्यूरोका प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टका अनुसार पक्राउ परेका फरार कैदीहरूलाई बुधबार नै आवश्यक कारबाहीका लागि पुनः कारागार कार्यालय जगन्नाथदेवलमा बुझाइएको छ।
प्रकाशित मिति: बुधबार, पुस ९, २०८२ २१:५१
प्रतिक्रिया दिनुहोस्


