निर्वाचन आयोगद्धारा ६ वटा राजनीतिक दल खारेज
काठमाडौँ । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।
आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (४) बमोजिम जरिवाना नबुझाएका दललाई सोही ऐनको दफा १२ बमोजिम खारेज गरेको हो ।
आयोगका अनुसार आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (लोकतान्त्रिक), नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली) र माओवादी जनमुक्ति पार्टी खारेज भएका छन् ।
प्रकाशित मिति: बुधबार, पुस ९, २०८२ २१:४६
प्रतिक्रिया दिनुहोस्



