Khabar Out
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन अध्यादेश २०८२ जारी

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गरेका छन् । 

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  २०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update