Khabar Out
डिजेल र मट्टीतेलमा गिरावट, पेट्रोलमा मूल्य बृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले मंगलबार (पुस १) बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँले बढाएको छ । 

डिजेल र मट्टीतेलको मूल्य भने घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य लिटरमा चार रुपैयाँले घटाइएको हो ।

निगम सञ्चालक समितिको मिति २०८२/०८/२९ को निर्णयानुसार १६ डिसेम्बर, २०२५ (मिति २०८२/०९/०१ बिहानदेखि लागु हुनेगरी साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर डिजेल र  मट्टितेलमा प्रतिलिटर रु ४ ले घटाइएको छ भने पेट्रोलमा प्रतिलिटर रु २ ले बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ।

 

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  २२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update