Khabar Out
सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

सिन्धुली ।  नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले सरकारले निर्वाचनका लागि राजनीतिक दलहरूसँग घनिष्ट संवाद गर्नुपर्ने बताएका छन् । आज बिहान सिन्धुलीमाढीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले आफूहरू निर्वाचनको पक्षमा भए पनि सरकार र राजनीतिक दलबीच गहन वार्ता हुन नसकेको बताए ।

नेता नेपालले भने, “सरकारले निर्वाचनको वातावरण बनाएको छ भन्न पनि नमिल्ने र निर्वाचनको वातावरण बिथोलेको छ भन्न पनि नमिल्ने अवस्था रहेको छ ।” आफूहरू चुनावको तयारीमा जुटिरहेको र यद्यपि सरकार र राजनीतिक दलहरूबीचको संवाद पर्याप्त नभएको उनको टिप्पणी थियो ।

जेनजी आन्दोलनपछि नेपालमा राजनीतिक दलहरूको समर्थनमा जनता छैनन् भन्ने गलत भाष्य निर्माण गरिए पनि पछिल्ला राजनीतिक दलहरूको कार्यक्रमले त्यो भाष्यलाई पुष्टि नगरेको उनको भनाइ छ । नेपाली जनता सधैँ राजनीतिक आस्थामा रहेको भन्दै उनले निर्वाचन गर्नका निम्ति सरकारले दलहरूसँग संवाद गर्न जरुरी रहेको बताए । वर्तमान अवस्थामा चुनावमा नै देश जाला त ? भन्ने प्रश्न खडा भएको उनले बताए । रासस

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update