Khabar Out
आगलागीमा परेर एक वृद्धको मृत्यु

सङ्खुवासभा । चैनपुर नगरपालिका–४ मैदानेमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार चैनपुर–४ का ८८ वर्षीय दिलबहादुर लिम्बूको मृत्यु भएको हो । आज बिहान ग्यास चुहिएर उनको घरमा आगलागी भएको थियो ।

आगलागीमा घरका साथै त्यहाँ रहेका नगद र जिन्सी गरी रु १० लाख बराबराको क्षति भएको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिए । रासस

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  २१:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update