काठमाडौ । बहुआयमिक कृषि बचत तथा ऋण सहकारी संस्थाकों वार्षिक साधारण सभा सम्पन्न भएको छ।
मुस्ताङ्ग गुम्बा स्वयम्भूमा आज आयोजित कार्यक्रममा वार्षिक प्रतिवेदन र भावी कार्यक्रम पास गर्दै संस्थाको १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो।
संस्थाको निती तथा कार्यक्रम प्रस्तुत गर्दै बहुआयमिकका अध्यक्ष ध्रुव प्रसाद खनालले सहकारिताको भावना, मूल्य मान्यता, सिद्धान्त अनुरुप पारदर्शी रुपमा सदस्यहरूको आर्थिक, सामाजिक हितको लागि अनवरत लागिरहेको बताउँदै सहकारिताको माध्यमबाट उपलब्ध श्रोत साधनको उच्चतम प्रयोग गर्दै सदस्यहरूको आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्याउँदै आएको बताए ।
अध्यक्ष खनालले संस्थामा जम्मा हुन आएको बचत रकम, शेयर वापतको रकमलाई ब्यवसायिक योजना तथा सदस्यहरूलाई उद्योग व्यवसाय सञ्चालन गर्नको लागि ऋणका साथ साथै बचत फिर्ताको लागि यथेष्ट तरलता कायम गरिएको, शिक्षामा बिभिन्न सरकारी तथा निजि स्कुलहरूमा गरिव तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रावृती प्रदान गरिदै आएको पनि जानकारी दिए ।
त्यस्तै ३३ हजार सहकारी संस्थामा केहि ठुला सहकारी संस्था समस्यामा परेको भएपनि सहकारी ऐन बमोजिम सञ्चालन भएका अधिकांस संस्था समस्यामा नरहेको बताए ।
‘परनिर्भर हैन, आत्मनिर्भर बनौं’ भन्ने नाराकासाथ सम्पन्न भएको १७ औं वार्षिक सभामा पूर्व मन्त्री तथा बागमती प्रदेशका माननिय उद्धब थापा,डा.पुर्ण प्रसाद मानन्धर,सुकदेव घिमिरे, विरेन्द्र बहादुर सिंह, दुर्गा प्रसाद गौतमलगायत कलाकार, पत्रकार, साहित्यकार, बुद्धिजीवीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
जेष्ठ नागरिक, एकल महिला, उत्कृष्ट महिला समुह तथा सहकारीका उत्कृष्ट कर्मचारीलाई सम्मान र पुरस्कृत समेत गरिएको सो कार्यक्रममा वरिष्ट गायिका सरस्वती मानन्धरले शुभकामना बोल गीतको गाएर सबैलाई उत्साहित बनाएकी थिइन भने चुडामणि ओलीले सहकारी सम्बन्धी कविता वाचन गरेका थिए ।
सहकारी संस्थाहरु प्रतिको विश्वासको संकटमा पनि आफ्ना सेयर सदस्यहरुको विश्वास जित्दै बढिमा ३५ हजार शेयर हुने सदस्यको ५० हजारको स्वास्थ्य विमा र ३ लाख भन्दा बढिका हुने शेयर सदस्यको रु १ लाख विमा गरिदिदै आएको संस्थाले ०८२ पौष मसान्तसम्म ऋण भुक्तानी गर्ने सदस्यहरुलाई ५० प्रतिशतसम्म हर्जनामा छुट दिने भएको छ ।
०६५ सालमा ५१ जनाबाट शुरु भएको संस्थामा हाल १६६४ जना भन्दा धेरै शेयर सदस्यहरु रहेका छन् । त्यसैगरी संस्थाले बहुआयामिक मोफिन एप (Bahu Aayamik Mofin App) सञ्चालनमा ल्याई सदस्यहरूलाई सेवा प्रदान गर्ने हेतुले थप सहज र सरल बनाउन मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कारोबारको स्टेटमेन्ट हेर्न सकिने सुविधाका साथै कनेक्ट आइपीएस, फोन पे र क्यूआर पेमेन्ट समेत सञ्चालन गर्दै आएको छ ।



