Khabar Out
उपरथीमा विशेष बढुवा भएका खनाललाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । उपरथीमा विशेष बढुवा भएका लीलाबहादुर खनाल क्षेत्रीलाई प्रधानसेनापति महारथी अशोकराज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

मन्त्रिपरिषद्को यही मङ्सिर २२ गतेको निर्णयअनुसार नेपाली सेनाको सहायक रथीबाट उपरथी दर्जामा विशेष बढुवा हुनुभएका क्षेत्रीलाई प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

नेपाली सेनाको जङ्गीअड्डामा शुक्रबार आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले सहायक रथी र महासेनानी दर्जामा पदोन्नति भएका एक–एक जना महासेनानी तथा प्रमुख सेनानीलाई दर्ज्यानी चिह्न प्रदान गरेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृतलगायत पदोन्नति भएका रथीवृन्त तथा अधिकृतहरूका परिवारजनको पनि उपस्थिति थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  २०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update