जेनजी प्रदर्शनमा फरार एक कैदीबन्दी पक्राउ
काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कार्यालय जगन्नाथदेवलबाट फरार भएका एक जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।
वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा फरार रहेका गोरखा सिरानचोक गाउँपालिका–८ घर भई हाल काठमाडौँ तारकेश्वर मनमैजु बस्ने २२ वर्षीय सुविन गुरुङलाई प्रहरी पक्राउ गरेको हो ।
प्रदर्शनका क्रममा फरार भई लुकीछिपी अवस्थामा बसिरहेका गुरुङलाई सोमबार तारकेश्वरको मनमैजुबाट पक्राउ गरी केन्द्रीय कारागारमा पेस गरिएको वरिष्ठ प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२ ०९:१५
प्रतिक्रिया दिनुहोस्



