Khabar Out
सामान्य अंकले घट्यो नेप्से

काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साेमबार सामान्य अंकले घटेको छ । आज बजार बन्द हुँदा नेप्से ३ अंकले घटेर परिसूचक २६०६.६७ बिन्दुमा आएको छ ।

आज नेप्से घट्दा ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार रुपैयाँ बराबरको १ करोड १ लाख ४६ हजार ४०० कित्ता शेयर कारोबार भएको छ । बजार बन्द हुँदा ९९ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १४७ वटा कम्पनीको सेयर मूल्य घटेको छ ।

१२ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । दिनभरमा ३३१ वटा कम्पनी कारोबारमा आउँदा ८३ हजार २७३ पटक सेयर किनबेच भएको छ ।

आज ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । १३ वटा समूह मध्ये हाइड्रोपावर, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र ट्रेडिङ समूह बाहेक सबै समूह घटेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update