Khabar Out
निरन्तर उकालो लाग्दै अमेरिकी डलरको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा कायम भएको छ । 

अमेरिकी डलरको मूल्य बढ्नेक्रम जारी छ । हिजो अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको थियो । 

युरोपियन युरो एकको खरिदर १६७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६५ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९२ रुपैयाँ २३ पैसा, स्विस फ्रयांक एकको खरिददर १७९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८० रुपैयाँ ७१ पैसा कायम गरिएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९५ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिदर १०३ रुपैयाँ २९ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७२ पैसा, सिंगापुर डलर एकको खरिददर १११ रुपैयाँ २५ पैसा र बिक्रीदर १११ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिदर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिदर २० रुपैयाँ ३९ पैसा र बिक्रीदर २० रुपैयाँ ४७ पैसा तोकिएको छ । 

साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६८ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५१ पैसा र बिक्रीदर चार रुपैयाँ ५३ पैसा, यूएई दिराम एकको खरिददर ३९ रुपैयाँ २१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३७ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०७ पैसा तोकिएको छ । 

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ८३ पैसा र बिक्रीदर नौ रुपैयाँ ८७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १५ रुपैयाँ ४१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ  ४९ पैसा र बिक्रीदर २२ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ । 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १८ रुपैयाँ ५० पैसा र बिक्रीदर १८ रुपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४६९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४७१ रुपैयाँ ३४ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ५७ पैसा कायम गरेको छ । 

ओमनी रियाल एकको खरिददर ३७४ रुयैयाँ ०५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ६१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । रासस

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update