Khabar Out
मेची भन्सार कार्यालय : आयात बढ्दा निर्यात घट्यो

झापा । आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा काँकरभिट्टाबाट रु १६ अर्ब दुई करोड पाँच लाख मूल्यबराबरका सामान आयात भएकाे छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार गत आवको सोही अवधिमा रु १४ अर्ब २८ करोड ८७ लाखबराबरको वस्तु तथा सामान आयात भएका थिए ।

गत आवको तुलनामा चालु आवको पहिलो चौमासिकमा यो नाकाबाट निर्यात भने घटेकाे छ । यो अवधिमा रु सात अर्ब ९६ करोड सात लाखबराबरका सामग्री निर्यात भए । गत आवको सोही अवधिमा रु आठ अर्ब ३० करोड २७ लाखका वस्तु निर्यात भएका थिए ।

काँकरभिट्टाबाट अलैँची, चिया, प्लाइउड, भेनिउर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, फलामे पातालगायत निर्यात हुने गर्छन् । उक्त कार्यालयले आव २०८२/८३ को पहिलो चार महिनामा आयात निर्यातबाट रु पाँच अर्ब ४६ करोड एक लाख ९८ हजार राजस्व सङ्कलन गर्यो । 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update