मार्तडीमा आगलागी हुँदा दुई करोड बढीको क्षति
बाजुरा । जिल्ला सदरमुकाम मार्तडीमा आज आगलागी भएको छ ।
बडीमालिका नगरपालिका–८ का प्रकाश थापाको पसलमा विद्युत्को तार ‘सट’ हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए ।
पसलमा काठको काम भइरहेको बेला तार सट भएर एक्कासि आगलागी भएको उनको भनाइ छ ।
आगलागीबाट बडीमालिका–८ तल्लो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योग, गाडीको ग्यारेजसहितमा सामान जलेर नष्ट भएको छ । आगलागी सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो निभाइएको थियो । रासस
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२ २१:०६
प्रतिक्रिया दिनुहोस्



