एम्बुलेन्स दुर्घटनाका घाइतेलाई हेलिकोप्टरमा काठमाडौं पठाइयो
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–६ होम्ताङमा मंगलबार भएको एम्बुलेन्स दुर्घटनाका घाइते दुवै जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ ।
दुर्घटनामा सवारी चालक सोही वडाका सञ्जीव राई र गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जयकुमार राई गम्भीर घाइते भएका थिए ।
प्रदेश १–०२–००१ झ ०७३७ नम्बरको हतुवागढी गाउँपालिकाको एम्बुलेन्स बिरामीलाई होम्ताङ पुर्याएर घोडेटार फर्किने क्रममा दुर्घटना भएको इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ ।
घाइतेलाई हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । रासस
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२ १७:२७
प्रतिक्रिया दिनुहोस्



