Khabar Out
मोटरसाइकल र जिप ठोक्किँदा एक जनाको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ सिमपाखामा मोटरसाइकल र बोलेरो जिप ठोक्किँदा एक जनाको मृत्यु भएकाे छ।

मंगलबार आठबिसकोटको राडीबाट चिसापानीतर्फ गइरहेको बोलेरो जिप र राडीतर्फ गइरहेको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक जाजरकोटको नलगाड नगरपालिका– ८ का ३५ वर्षीय नवराज चदाराको मृत्यु भएकाे हाे । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते चदाराको आठबिसकोट नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भयो। उक्त मोटरसाइकलमा सवार अन्य दुई जना घाइते भए।

घाइते हुनेमा नलगाड नगरपालिका–८ जाजरकोटका १६ वर्षीय नवराज चदारा र आठबिसकोट नगरपालिका ९ का १४ वर्षीय कमल सुनार छन्। दुवैको नगर अस्पतालमा उपचार भइरहेको छ। रासस

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  २१:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update