Khabar Out
आजको विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । 
        
युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६५ रुपैयाँ १८ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ०७ पैसा र बिक्रीदर १८७ रुपैयाँ ८६ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३९ पैसा कायम गरिएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ १४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०१ रुपैयाँ ७५ पैसा, सिंगापुर डलर एकको खरिददर १०९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १४ पैसा र बिक्रीदर नौ रुपैयाँ १७ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ १० पैसा र बिक्रीदर २० रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । 

साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ १० पैसा र बिक्रीदर ३८ रुपैयाँ २६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ २१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ४१ पैसा र बिक्रीदर चार रुपैयाँ ४३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ९० पैसा र बिक्रीदर ३९ रुपैयाँ ०६ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३४ रुपैयाँ ५८ पैसा तोकिएको छ । 

साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७२ पैसा र बिक्रीदर नौ रुपैयाँ ७६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५ रुपैयाँ ०२ पैसा  र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०३ पैसा र बिक्रीदर २२ रुपैयाँ १२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १८ रुपैयाँ ४४ पैसा, कुवेती दिनार एकको खरिददर ४६४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४६६ रुपैयाँ ७८ पैसा कायम गरेको छ । 

बहराइन दिनार एकको खरिददर ३७८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३८० रुपैयाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ३७१ रुपैयाँ ६० पैसा र बिक्रीदर ३७३ रुपैयाँ १६  पैसा रहेको छ । 

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
        
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update