Khabar Out
विश्व बाल दिवसका अवसरमा विद्यार्थी सम्मानित

चितवन । विश्व बाल दिवसका अवसरमा कालिका नगरपालिकाले १५ जना विद्यार्थीसहित ४६ जनालाई सम्मान गरेको छ ।

 

 

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले उनीहरूलाई सम्मान गरेका हुन् ।

कालिका नगरपालिकाका नौ वटा सामुदायिक विद्यालय र छ वटा संस्थागत विद्यालयका १५ जना विद्यार्थी र ३१ जना खेलाडीलाई सम्मान गरियो । सम्मानस्वरुप उनीहरूलाई जनही रु पाँच हजार प्रदान गरियो ।

त्यस अवसरमा नगरप्रमुख विनोद रेग्मीले मुलुकको शैक्षिक उन्नयनका लागि संस्थागत तथा सामुदायिक विद्यालयबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा दिइएको जानकारीअनुसार कालिका पालिकाका ११ संस्थागत र ३३ सामुदायिक विद्यालयमा १२ हजार ८०० विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update