सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
सर्लाही । सर्लाहीको बलरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज बलरा नगरपालिका–९, अचलगढमा ट्याक्टर दुर्घटना हुँदा चालक ४० वर्षीय रुसतम साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर धनीसमेत रहेका चालक साह खेत जोतेर घर फर्कने क्रममा अनियन्त्रित भई ट्याक्टर पल्टिदा त्यसमा च्यापिएका थिए । घटनालगत्तै उनलाई उपचारको लागि प्राथमिक स्वास्थ्य संस्था अचलगढ पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । रासस
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१ १८:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय