Khabar Out
नेप्से करिब १० अंकले बढ्यो, कारोबार कति ?

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंसिर २ १५.७० अंकले बढेको छ । नेप्से परिसूचक ०.१६ प्रतिशतले बढेर २५६६.०७ विन्दुमा बन्द भएको छ ।

यस दिन कारोबार रकम पनि बढेको छ । चार अर्ब १० करोड ५४ लाख रुपैयाँको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । मंसिर १ तीन अर्ब ९४ करोड ६० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

आज २०७ कम्पनीको सेयर मूल्य बढेको छ । ४४ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य स्थिर छ । बुङ्गल हाइड्रो र सागर डिस्टिलरीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

सहास ऊर्जाको सर्वाधिक मूल्यको सेयर किनबेच भएको छ । यो कम्पनीको २२ करोड ९१ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको हो । कारोबारमा आएका १३ समूहकै परिसूचक बढेको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update