Khabar Out
पेट्रोल र डिजेलको मूल्य बृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले आज राती १२ वजेदेखि लागु हुने गरी पेट्रोलमा दुई रुपैयाँ र डिजेलमा तीन रुपैयाँले बढाइएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट नेपाललाई पछिल्लोपटक पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ ५४ र डिजेलको मूल्य ६ रुपैयाँ ५३ पैसाले बढेर आएको निगमले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  २१:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update