Khabar Out
इच्छाकामनामा सवारी दुर्घटना : एकजनाको मृत्यु, दुई घाइते

चितवन । चितवनको इच्छाकामना गाउँपालिका- २ हपनीमा भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मंगलबार साँझ भएको उक्त दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार फिस्लिङबाट हपनीतर्फ गइरहेको जिप दुर्घटनामा हपनीका ८० वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको हो ।

दुर्घटनामा सोही स्थानका कर्णबहादुर प्रजा र विष्णु प्रजा घाइते भएका छन् । घाइते दुवैलाई उपचारार्थ भरतपुर पठाइएको छ । जिपमा चालकसहित चारजना सवार थिए । जिप चालक विकास प्रजालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update