Khabar Out
लापसे र मापसे गरी सवारी चलाउने ९ जना चालक ट्राफिकको नियन्त्रणमा

काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भएको चेकिङमा लागु पदार्थ सेवन गरी सवारी साधन चालाउने  ४ जना चालक र मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ५ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

मादक पदार्थ सेवन गरि सार्वजनिक भाडाका सवारी साधन चलाउने २ जना, स्कुल बसका चालक २ जना र माईक्रो बसका चालक १ जना गरी जम्मा  ५ जना चालक र  लागुऔषध सेवन  गरी सवारी साधन चलाउदै गरेका  भाडा बसका  ४ जना चालकलाई ट्राफिक प्रहीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका चालकलाई आवश्यक अनुसन्धानको लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन ।

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  २१:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update