Khabar Out
सामाजिक सुरक्षा कोषमा ९४ अर्ब ९ करोड बचत

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा हालसम्म कूल ९४ अर्ब नौ करोड एक लाख ७९ हजार बराबरको रकम जम्मा भएको छ । कोषले १७ अर्ब २९ करोड ३० लाख ५१ हजार बराबरको रकम योगदानकर्तालाई भुक्तानी समेत गरेको छ ।

कोषमा कूल २५ लाख ९२ हजार एक सय ४१ जना सूचीकृत योगदानकर्ताका रुपमा समावेश भएका छन् । कोषमा २२ हजार एक सय २५ सूचीकृत रोजगारदाता रहेका छन् ।

रोजगारदातालाई क्रमशः सूचीकृत गराउन कोषले आवश्यक पहल समेत गरिरहेको जनाएको छ । कोषमा औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दावी रकम दुई अर्ब ४२ करोड ५० लाख ८१ हजार रहेको छ ।

यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा दावी रकम २२ करोड ३१ लाख ६३ हजार, आश्रित परिवार सुरक्षा दावी रकम २८ करोड ३५ लाख ९७ हजार र अवकाश दावी रकम रु १४ अर्ब ३६ करोड १२ लाख आठ हजार रहेको छ । रासस 

 

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update