Khabar Out
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । 

निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा युरोपियन यूरो र यूके पाउन्ड स्ट्रलिङको भाउ घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८३ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७१ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७६ रुपैयाँ १४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ १४ पैसा र बिक्रीदर १०० रुपैयाँ ५७ पैसा, सिंगापुर डलर एकको खरिददर १०८ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५५ पैसा तोकिएको छ ।
 
केन्द्रीय बैंकका अनुसार जापानी येन १० को खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७० पैसा र बिक्रीदर १९ रुपैयाँ ७९ पैसा तोकिएको छ । 

साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ५२  पैसा र बिक्रीदर ३८ रुपैयाँ ६८ पैसा कायम भएको छ ।

 साथै थाइ भाट एकको खरिददर चार रुपैयाँ २७ पैसा र बिक्रीदर चार रुपैयाँ २९ पैसा, यूएई दिराम एकको खरिददर ३८ रुपैयाँ २२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३९ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८१ पैसा र बिक्रीदर नौ रुपैयाँ ८५ पैसा कायम गरिएको छ । 

स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४ रुपैयाँ ९४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७८ पैसा र बिक्रीदर २१ रुपैयाँ ८७ पैसा तोकिएको छ ।
 
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १८ रुपैयाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ८३ पैसा तोकेको छ । 

बहराइन दिनार एकको खरिददर ३७२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७४ रुपैयाँ, ओमनी रियाल एकको खरिददर ३६४ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६६ रुपैयाँ १९  पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
                                     
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०८२  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update