Khabar Out
सरकारले तोकेको धानको मूल्य व्यापारीले कार्यान्वयन नगरे कारवाही गरिने

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले तोकेको धानको समर्थन मूल्य व्यापारीले कार्यान्वयन नगरेको पाएइमा कारवाहीको दायरमा ल्याइने बताएका छन् । 

किसानबाट नेपाल सरकारले निर्धारण गरेको धानको समर्थन मूल्य नपाएको गुनासोआएपछि उनले किसानहरुले धानको समर्थन मूल्य पाए/नपाएको विषयमा अनुगमन गर्न कैलालीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए । उनले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई टेलिफोन सम्पर्क गरी अनुगमन गर्न निर्देशन दिए ।

उनले सरकारले तोकेको समर्थन मूल्य व्यापारीहरुले कार्यान्वयन नगरेको पाएइमा कारवाहीको दायरमा ल्याउन निर्देशन दिए । मुख्यमन्त्री शाहले सरकारले निर्धारण गरेको धानको मूल्य किसानले पाउनुपर्नेमा जोड दिए । यसअघि २०८२ असोज ३१ गते प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सार्वजनिक सूचनामार्फत मोटो धानको मूल्य प्रतिक्वीन्टल रु तीन हजार ४६३ दशमलव ८१ र मध्यम धानको मूल्य प्रतिक्वीन्टल रु तीन हजार ६२८ दशमलव ३३ निर्धारण गरिएको जानकारी गराउनु भएको थियो । 

साथै उनले सूचनामा सरकारले निर्धारण गरेको समर्थन मूल्यमा धान खरिद बिक्री गर्न र सरकारको निर्णय कार्यान्वयन गराउन सबै पालिकालाई आग्रह गरे । प्रमुख जिल्ला अधिकारी लम्सालले छठ लगत्तै कैलालीका सबै स्थानीय तहहरुमा अनुगमन गर्ने बताए । रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update