Khabar Out
स्कुटर दुर्घटनामा दुईजनाको मृत्यु

भरतपुर । चितवनमा सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । भरतपुर विमानस्थलनजिकै आज बिहान स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको हो । 

बिहान भरतपुर–१० स्थित विमानस्थलनजिकै बाप्र ०६–००३ प ०६९२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी स्कुटर चालक भरतपुर–२१ का २५ वर्षीय सन्दीप घिमिरे र स्कुटर पछाडि सवार सोही स्थानका २८ वर्षीय कुशल अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।  

उनका अनुसार दुर्घटनामा दुवैजनाको टाउकामा चोट लागेर गम्भीर अवस्थामा उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update