तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने

काठमाडौँ । तिहार पर्वको विदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने भएकाे छ । साे समयमा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने भएकाे छ । सर्वोच्च अदालत प्रशासनले जारी गरेको सूचनामा दीपावलीमा कात्तिक ७ गते भाइटीका र शनिबारको दिनबाहेक अरू दिन बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिइ सुनुवाइ हुने उल्लेख छ ।
‘सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिन बाहेक अन्य दिनमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११:०० बजेदेखि अपराह्न ३ः ०० बजेसम्म अदालत खुला रहने छ’, सूचनामा उल्लेख छ ।
रासस
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२ १६:०६
प्रतिक्रिया दिनुहोस्