Khabar Out
तिहारमा पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहने

काठमाडौँ । तिहार पर्वको अवसरमा समेत ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालनमा आउने भएको छ । 

नेपाल राष्ट्र बैङ्कले एक सूचना जारी गरी यही कात्तिक ३, ४, ५ र ७ गते सार्वजनिक बिदाका दिनमा सो प्रणाली सञ्चालनमा रहने जनाएको हो । भाइटिकाको दिन भने सो प्रणाली बन्द हुनेछ । उक्त प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालनमा रहने नेपाल राष्ट्र बैङ्कको भुक्तानी प्रणाली विभागले जनाएको छ । 

केन्द्रीय बैङ्कले यसअघि नै भन्सार जाँचपास गर्ने प्रयोजनका लागि आवश्यक बैङ्किङ प्रणाली सञ्चालनमा ल्याउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको छ । तिहारको भाइटिकाको दिन बाहेक अरू दिन अरू सबै दिन भन्सार जाँचपासका गर्न आवश्यक पर्ने बैङ्किङ सेवा सुचारु गर्ने व्यवस्था गर्नु गराउन क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो । रासस

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update