Khabar Out
पेट्रोलको मूल्य घट्यो , डिजेल र मट्टीतेल यथावत्

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले बुधबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले घटाएको हो । निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य भने यथावत राखिएको छ । 

नयाँ कायम मूल्यअनुसार बुधबार रातिबाट काठमाडौँ उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, सुर्खेत र दाङमा १५८ रुपैयाँ अन्य क्षेत्रमा १५६ रुपैयाँ ५० पैसाँ कायम गरिएको छ ।

'इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आए पनि चाडपर्वलाई मध्यनगर गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गर्दा आम उपभोक्ता वर्गमा पर्न जाने मूल्यवृद्धिको चापलाई कम गर्न र मूल्य स्थिरता कायम गरी मुलुकभर पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्था गर्न खुद्रा बिक्री मूल्यलाई यथावत कायम गरिएको छ', निगमले भनेको छ ।

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  २२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update