अख्तियारद्धारा फोहर पानी प्रशोधन केन्द्रको कागजात नियन्त्रणमा

वीरगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्ज महानगर मातहतको फोहर पानी प्रशोधन केन्द्रको कागजात अनुसन्धानका लागि लगेको छ ।
आयोगको टोलीले सहरी विकास मन्त्रालय र वीरगन्ज महानगरको संयुक्त लगानीमा निर्माण गरिएको फोहर पानी प्रशोधन केन्द्रसँग सम्बन्धित उजुरी परेपछि आवश्यक कागजात अनुसन्धानका लागि लगेको हो ।
आयोगको कार्यालय हेटाैँडा सूचना अधिकारी विमोचन घिमिरेले आयोगको टोलीले सम्बन्धित कागजात लगेको बताए । ‘आयोगको टोलीले आवश्यक अनुसन्धानका लागि कागजात लगेको हो,’ उनले भने ।
वीरगन्ज महानगर र सहरी विकास मन्त्रालयको संयुक्त लगानीमा करिब २७ करोड रुपैयाँमा यहाँ फोहोर पानी प्रशोधन केन्द्र निर्माण गरिएको थियो । रासस
प्रकाशित मिति: बुधबार, असोज २९, २०८२ २२:०४
प्रतिक्रिया दिनुहोस्