Khabar Out
बागलुङमा पहिरोले एक परिवार विस्थापित

बागलुङ । बागलुङ नगरपालिका–८ सिगानामा पहिरो खस्दा एउटा गोठ पुरिएको छ भने एक परिवार विस्थापित भएका छन् । 

सिगाना पाखाबारीस्थित रामबहादुर खड्काको घरमाथिबाट आएको पहिरोले गोठ पुरेको छ भने घरमा आंशिक क्षति पुर्‍याएको छ । अहिले घरबाट सामग्री स्थानान्तरण गरिएको छ । 

परिवारलाई सुरक्षित ठाउँमा सारिएको बागलुङ –८ सिगानाका वडाध्यक्ष छमबहादुर कार्कीले जानकारी दिए । वडाध्यक्ष कार्कीका अनुसार घरमाथिबाट हालै सडक विस्तार गरिएकाले चट्टानसहितको ठुलो पहिरो खसेको थियो । पहिरोले सिगानाको विद्युत् वितरणको मुख्य ट्रान्सफर्मरमा समेत क्षति पुर्‍याएको छ । रासस

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update