Khabar Out
प्रधानमन्त्री कार्कीलाई बंगलादेश सरकारका प्रमुख सल्लाहकार युनुसले दिए शुभकामना

काठमाडौं । बंगलादेश सरकारका प्रमुख सल्लाहकार प्रा. मोहम्मद युनुसले सुशीला कार्की नेपालको प्रधानमन्त्री नियुक्त भएकामा शनिबार (भदौ २८) एक शुभकामना सन्देश पठाएका छन् । कार्कीप्रति उनले हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

देशको जटिल परिस्थितिका बेला प्रधानमन्त्रीको कार्यभार सम्हाल्नु कार्कीप्रतिको नेपाली जनताको भरोसा एवं विश्वास भएको उनले उल्लेख गरेका छन् । प्रमुख सल्लाहकार युनुसले प्रधानमन्त्री कार्कीको सक्षम नेतृत्वमा नेपाल विकास, शान्ति र स्थायित्वको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गरेका छन् ।

परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेकी प्रधानमन्त्री कार्कीसँग निकट सम्पर्कमा रहेर काम गर्नमा आफू इच्छुक रहेको उनले जनाएका छन् । प्रमुख सल्लाहकार युनुसले आपसी सम्मान र सहकार्यमा आधारित बंगलादेश र नेपालबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

साथै, उनले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । रासस
 

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update