Khabar Out
लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ :  प्रधानमन्त्री ओली

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन र भारतबिचको सहमतिप्रति चीनसमक्ष आपत्ति दर्ज गरिएको बताएका छन् । 

उनले यही भदौ १४ देखि १८ गतेसम्मको चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटमा आफूले असहमति राखेको स्पष्ट पारे ।

ललितपुरको सनराइज सभा हलमा आजदेखि सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनमा उद्घाटन मन्तव्य दिँदै अध्यक्ष ओलीले यसबारे भारतसँग पनि स्पष्ट कुरा राख्दै आएको बताए । प्रधानमन्त्री ओलीले चीनको ग्लोबल सेक्युरिटी इनिसियिटभ (जीएसआई) मा कुनै समर्थन नगरिएको पनि स्पष्ट पारे । रासस

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update