Khabar Out
बचतकर्ता र ऋणी दुवै ठग्दै सहकारी, मुकदर्शक बन्दै सरकार 

- चन्द्रकला थापा

काठमाडौं । बैंकमा दश लाख भन्दा बढि बचतगर्दा स्रोत देखाउनु पर्ने र बैकंबाट कर्जा लिदा आयस्रोत हुनु पर्ने प्रावधानका कारण सहकारी संस्थामा बचत गर्ने हजारौं निक्षेपकर्ताको अर्बौ रकम डुबेसगै विल्लीवाठ हुन पुगेको छ । त्यसैगरी बचतकर्ता मात्र नभई ऋणीहरु समेत धेरैको विचल्ली हुन पुगेको छ ।

घर जग्गा धितोको नाममा राजिनामा पास गरेर लिनेदेखि तमसुकसगै ब्ल्याङ चेक लिने जस्ता कार्यले ऋणीहरुको सम्पती हड्पेको पाइन्छ । सर्वहारा वर्गको आर्थिक अवस्था उकास्ने उद्देश्य अनुरुप खोलिएका सहकारी संस्थाहरुले बचतकर्ताको अर्बौ रकम अपचलन गर्दा हजारौंं वचतकर्ताका सडकछाप बन्न पुगेका हुन ।

राज्य संयन्त्रका कमजोरीको फाइदा उठाउदै सहकारी संस्थाका सञ्चालहरुले बचतकर्ताले बचत गरेको रकमले सेयर खरिद , घर जग्गामा लगानी, हाइड्रो कम्पनीमा लगानीदेखि पारिवारिक सदस्यका नाममा घर जग्गा जोड्ने जस्ता गैरकानुनी ढंगबाट सहकारी संस्था सञ्चालकले रकम अपचलन गरेकै कारण अधिकांस सहकारी संस्था संकटमा परेका छन । 

एकै व्यक्तिले देशभर सञ्जाल विस्तार गरी सहकारी संस्थालाई ठगीको धन्दा बनाउदा समेत राज्यका निकाय मुकदर्शक बन्दा हजारौं बचतकर्ता सहकारी संस्थाबाट ठगिन बाध्य भएका हुन । देशभर गरेर ८७ अर्ब भन्दा धेरै बचतकर्ता रकम अपचलन हुन पुगेको बताएको छ ।

सहकारी ठगीमा सांसद, पूर्वगृमन्त्री, प्रहरीका पूर्व डिआईजी र नेता लगायत मुछिएपछि अनुसन्धान फितलो बन्दै गएको छ । राजनीतिक संरक्षण मै सहकारीमा संगठित ठगी भएका कारण थप अनुसन्धान हुन सकेको छैन । सहकारी ठगीको छानविन गर्न संसदीय समिति गठन भएको भएतापनि सो समितिले पूर्व गृहमन्त्री रवि लामिछाने र प्रहरीका पूर्व डिआइजी छविलाल जोशीको अनुसन्धान मै सिमित भएको छ । लामिछाने र जोशी पूर्पक्षका लागि जेलगएसगै अनुसन्धान पनि निस्किृय हुन पुगेको छ ।   

सहकारी ठगीको छानविन निस्किृय भएसगै बचतकर्ताले बचत फिर्ता पाउने अवस्था न्यून बन्दै गएको छ । त्यसैगरी संगठित सहकारी ठगी प्रकरणका नायिके जीवी राईलाई अझै पक्राउ गर्न सकेको छैन ।
 
बचतकर्ता र ऋणी दुवै ठगिदै

सहकारी संस्था सर्वसाधारण जनता ठग्ने लाईसेन्सका रुपमा परिणत हुदा बचताकर्ता र धेरै जसो ऋणीहरु समेत ठगीको सिकार बन्न पुगेका छन । साना बचत मात्र नभई ५ लाख भन्दाबढि बचत रकम राज्य कै गैरजिम्मेवार नीतिले संकटमा परेको छ । अझ १० लाखमाथि बचत गरेको रकमकोे स्रोत चाहिने भन्दै उल्टै ठग सहकारी संस्था र सञ्चालक कै संरक्षणका राज्य लागेको आरोप बचतकर्ताहरुले लगाएका छन ।

अर्कोतर्फ सहकारी सञ्चालकले ऋणीहरुको जग्गा धितोको नाममा राजिना पास गरेर ठग्ने गरेको पाएको छ । न्यूरोड स्थित पूँजी विकास सहकारी संस्थाले गुणराम प्रजापतिलाई तमसुक माथि तमुसक बनाई चक्रिय मिटरब्याज शैलिमा ऋण बोकाई किर्तिपुर भुतखेलको करोडौ पर्ने जग्गा हड्पेको पाएको छ । 

त्यसैगरी धेवा सहकारीका पूर्व सञ्चालक विनय श्रेष्ठले सहकारीबाट ऋण दिलाईदिने भन्दै फिर्ता गर्ने कागजात गरी १ रोपनी १४ आना जग्गा राजिनामा पास गरि लिएर जग्गा फिर्ता नगेरको तर सहकारीको ऋण आफुलाई बोकाएको पिडित गुणराम प्रजापतिले बताएका छन । 

त्यस्तै किर्तिपुर नयाँ बजार स्थित रहेको देय् धुकू बहुउद्देश्यीय सहकारी संस्था मार्फत ७ लाख २५ हजार कर्जा दिई संस्थाका सञ्चालक तत्कालिन उपाध्यक्ष हालका अध्यक्ष राजेन्द्र तण्डुकार र सचिव सुन्दर के.सीले करोडौंको सम्पती हड्पेको आरोप पिडित धन बहादुर महर्जनले लगाएका छन । सो संस्थाले अस्वभाविक ऋण देखाएर मिटरब्याज शैलिमा रकम अशुल्दै ऋणीको नामको जग्गा हड्प्न कपाली तमसुकसमेत गरेको भेटिएको छ ।

कपाली तमसुकमा ०६६ साल चैत १२ गते (अज्ञात) कर्जा कति हो भन्ने उल्लेख नगरिएको कर्जाको साँवा ब्याज र हर्जनासमेत हिसाब गर्दा १ करोड ६८ लाख हुन आएको ०७२ असार १ गतेको मितिमा बनाएको कपाली तमसुकमा जनाएको छ भने ३८ लाख सहकारी संस्थाले मिनाह गरी १ करोड ३० लाख तिर्नु पर्ने उल्लेख गरिएको छ । 

सहकारी संस्थाले दृष्टिबन्धक राखेको किर्तिपुर न.पा वडा ८ बाहिरी गाऊ स्थितको किता नं. १५२ को क्षेत्रफल ०–१४–०–० आना जग्गा फुकुवा गरी संस्थाका सञ्चालकको व्यक्तिगत नाममा किर्तिपुर न.पा वडा ८ बाहिरी गाऊ स्थितको किता १४९ को १–५–०–० एक रोपनी पाँच आना, किता नं. १२४ को ०–८–० आना र किता नंं.१५१ को ०–१–२–० एक आना दुई पैसा जग्गा राजिनामा पास गरेर लिएको पाएको हो ।

त्यसै गरी धनबहादुर महर्जनको मात्र नभई भावना कसजुको नाममा किर्तिपुर न.पा वडा ४ मच्छेगाँउ रहेको ६ घ किता नं. १५१ क्षेत्रफल १–३–०–० जग्गा पनि बर्तमान अध्यक्ष राजेन्द्र तण्डुकार र सचिव सुन्दर के.सीले व्यक्तिगत नाममा राजिनामा पास गरेर लिएको पाएको छ । प्रजापति र महर्जनको मात्र नभई देशभर सोझा सिधा सर्वधारणले गरेकोे बचतदेखि ऋणीका घर जग्गासमेत सहकारीका सञ्चालकहरुले हड्पेको पाइन्छ । 


 

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  २०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update