युएई सरकारद्वारा १२० नेपालीलाई आममाफी

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ।
नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ ।
दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरिएको हो। रासस
प्रकाशित मिति: आइतबार, भदौ १, २०८२ ०९:५५
प्रतिक्रिया दिनुहोस्