Khabar Out
राससको महाप्रबन्धकमा राई नियुक्त

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)को रिक्त महाप्रबन्धकमा पत्रकार सन्दीप राई नियुक्त भएका छन्। मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले राईलाई राससको महाप्रबन्धक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका राई विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न छन्।

पाँचथर फालेलुङ गाउँपालिका–३ का स्थायी बासिन्दा राईले मोफसल र राजधानी काठमाडौँमा रहेर विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव बटुलेका छन्।

तत्कालीन भौतिक पूर्वाधार तथा यात्रायातमन्त्री वसन्तकुमार नेम्वाङको प्रेस संयोजकसमेत रहेका राईसँग विभिन्न पत्रपत्रिका, रेडियो र अनलाइनमा काम गरिसकेका छन्। रासस

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update