Khabar Out
अवैध लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

काठमाडौँ। सिद्धार्थ नगरपालिका-३ बाट अवैध लागुऔषध खैरो हेरोइन १८ ग्रामसहित एक युवक पक्राउ परेका छन्। सिद्धार्थ नगरपालिका-१ बस्ने २० वर्षीय अफजल पठानलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।

यसैबिच प्रहरीले हातहतियार तथा खरखजाना मुद्दाका फरार प्रतिवादी बिरूवा गाउँपालिका-३ बस्ने ६८ वर्षीय रनबहादुर थापालाई आज प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत स्याङ्जाबाट उक्त मुद्दामा ११ महिना १० दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पुतलीबजार नगरपालिका-१ स्याङ्जाबजारबाट पक्राउ गरेको हो। पक्राउ परेका थापालाइ कैद भुक्तानका लागि कारागार कार्यालय स्याङ्जा पाठाइएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३  १९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update