Khabar Out
छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई सुविधामा पुनर्विचार गर्छाैँ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले छाउगोठ बनाएको पाइए र महिनावारी हुँदा छाउगोठमा बस्न बाध्य पार्नेलाई स्थानीय तहबाट पाउने निश्चित सुविधामा पुनर्विचार गर्ने गरी मुलुकभरका स्थानीय तहलाई परिपत्र गरिने बताएका छन् । 

बिहीबार अन्तर पार्टी महिला सञ्जालका पदाधिकारीसँगको भेटमा उनले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरी देशभरका स्थानीय तहलाई यस्तो परिपत्र गर्ने गरी गृहकार्य गरिने बताएका हुन् । 

SRS AD

“महिनावारीमा ठुलो अन्धविश्वासले काम गरेको छ”, मन्त्री लेखकले भने, “यसको निर्मलीकरणका लागि कसरी अगाडि बढ्ने अन्तर पार्टी महिला सञ्जालको पनि सहयोग र सुझाव आवश्यक छ ।”

महिलामाथि हुने हिंसा, बलात्कार लगायतका घटनामा सरकार गम्भीर रहेको मन्त्री लेखकको भनाइ छ । “महिलाहरूको मर्यादा, गरिमा, स्वाभिमान र सुरक्षामा गम्भीर छु”, लेखकले भने, “अपराध गर्नेलाई कारबाहीको दायरामा ल्याउने काम पनि भइरहेको छ ।” 

सो क्रममा अन्तर पार्टी महिला सञ्जालका अध्यक्ष ममता गिरीसहितको टोलीले महिला तथा बालबालिकामाथि हुने गरेको विभेद र हिंसाका घटना घटिरहेको भन्दै त्यसको नियन्त्रणका लागि मन्त्री लेखकलाई ज्ञापनपत्रसमेत बुझाएका छन् 

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update