Khabar Out
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले लामो सङ्घर्षपछि प्राप्त उपलब्धि र अधिकार रक्षा गर्नु आजको नेपाली समाजको प्रमुख जिम्मेवारी भएको बताएका छन् । 

राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स)को २६औँ स्थापना दिवसका अवसरमा आज भक्तपुरमा आज आयोजित कार्यक्रममा उनले आजको अधिकार प्राप्तिका लागि नेपालका राजनीतिक दलको त्याग, सङ्घर्ष र बलिदान भएको बताए । 

SRS AD

महासचिव पोखरेलले २००७ को परिवर्तनपछि नेपाली जनताले केही अधिकार पाएका भए पनि पुनःराजाले त्यो अधिकार खोसेको उल्लेख गरे । 

महासचिव पोखरेलले सामाजिक अराजकताले अन्ततःराज्यलाई कमजोर बनाउने र मुलुकको विकासलाई रोक्ने भनाइ राखे । लोकतान्त्रिक राज्य मानवअधिकार विरोधी नभई मानव अधिकारको रक्षक भएको उनले बताए । 

वर्तमानको निराशामा टेकेर लोकप्रिय कुरा गरी समाजमा भ्रम फिँजाएर राजनीति गर्नेले देश र जनताको हितमा काम नगर्ने उनको धारणा छ । 

त्यस अवसरमा मानव अधिकार एलाइन्सका इञ्चार्ज विष्णु रिजालले एमालेलाई बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update