मोटरसाइकल स्कुटरमा ठोकिँदा एकको मृत्यु, दुई घाइते

काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा एउटा मोटरसाइकल अनियन्त्रित भएर स्कुटरमा ठोक्किँदा आज एक जनाको मृत्यु भएको छ।
नन्दागिरि नगरपालिका–१५ तीनथानास्थित सडकमा आज बिहान बा ८५प ४८२२ नंको मोटरसाइकल बा प्र ०२–०४२ प ९८२२ नंको स्कुटरमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही नगरपालिका–४ थानकोट घर भएका ३४ वर्षीय रोशन ढकाल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका उहाँको सहिद मेमोरियल अस्पताल कलङ्कीमा उपचारका क्रममा मृत्यु भएको हो । उक्त दुर्घटनामा घाइते भएका स्कुटरमा सवार दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२ १६:४७
प्रतिक्रिया दिनुहोस्