पौडी सिक्न गएका बालक पोखरीमा बिलाए
                        
                        
                                                
                                            
                                                                    वीरगञ्ज । पौडी सिक्न गएका यहाँका एक बालकको डुबेर मृत्यु भएको छ । यहाँस्थित एक होटलको पौडी पोखरीमा तालिम गर्न गएका वीरगञ्ज महानगर–११ रानीघाटका नौ वर्षे बालक बजरङ्गी रौनियारको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले होटलको तेस्रो तल्लामा रहेको स्वमिङ पुलमा डुबेर अचेत भएका बालककाे नारायणी अस्पतालमा मृत्यु भएको बताए ।
प्रशिक्षक र जीवन रक्षकलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको उनले बताए । रासस
प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १६:२९
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

