राती माछा मार्न गएका युवकको गोहीको आक्रमणबाट मृत्यु
                        
                        
                                                
                                            
                                                                    भरतपुर । बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ । यो बिहीबार रातिको घटना हो ।
चितवन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार रत्ननगर नगरपालिका–८ चित्रसारी का २७ वर्षीय अभिषेक माझीको मृत्यु भएको हो ।
बिहीबार राति एक जना साथीका साथ माझी माछा मार्न गएका थिए ।
प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १०:२१
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

