हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा । बिर्तामोड–७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बूलाई हात्तीले आक्रमण गरेको हो ।
गम्भीर घाइते भएका उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
प्रकाशित मिति: बिहीबार, असार १९, २०८२ १०:२४
प्रतिक्रिया दिनुहोस्