सर्पले टोकेर कैलालीमा एकजनाको मृत्यु

कैलाली । सर्पले टोक्दा कैलालीको गोदावरी नगरपालिका–१२ ओलानीका ४३ वर्षीय रामबहादुर बुढाको मृत्यु भएको छ ।
आफ्नै घर अगाडि काम गर्दैगर्दा उनको दाहिने खुट्टामा सर्पले टोकेपछि मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
सर्पले खुट्टामा टोकी घाइते भई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकामा उपचारका क्रममा उनको मृत्यु भएको हो । रासस
प्रकाशित मिति: सोमबार, असार १६, २०८२ १९:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय