Khabar Out
डोटीमा जीप दुर्घटना : तीनजनाको मृत्यु, पाँच घाइते

डोटी । डोटीमा बोलेरो जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । शुक्रबार दिउँसो १:४० बजेको समयमा आदर्श गाउँपालिका–१, खिराधारा धौलामाटीस्थित दिपायल सायल सडकखण्डमा सुप्रप ०१००१ ज १३९५ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार, दुर्घटनामा परी सायल गाउँपालिका–४, सुण्डकी ४१ वर्षीया देवी विक, जीप चालक आदर्श गाउँपालिका–७, दडिमानाका २७ वर्षीय सुरेश कार्की र सायल गाउँपालिका–६, कटुवाल गाउँकी ३५ वर्षीया काली कटुवालको मृत्यु भएको छ । दुईजनाको घटनास्थलमा र कालीको जिल्ला अस्पताल डोटीमा उपचारका क्रममा ४:१२ बजेको समयमा मृत्यु भएको हो । प्रहरीका अनुसार, मृतक काली गर्भवती रहेको खुलेको छ ।

subisu

दुर्घटनामा परी आदर्श गाउँपालिका–३, नुवाकोटकी १४ वर्षीया अनिता विक, १६ वर्षीया स्यानु विक, सोही पालिकाको वडा नम्बर ७, दडिमानाका २२ वर्षीय कैलाश विष्ट, १४ वर्षीय दीपक विष्ट र मृतक काली कटुवालकी १० वर्षीया छोरी साविता कटुवाल घाइते भएको प्रहरी निरीक्षक जोशीले बताए । घाइते चारजनाको अवस्था गम्भीर छ भने एकजनाको अवस्था मध्यम रहेको छ । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

दिपायलबाट मौवातर्फ गइरहेको जीप सडक घुम्तीमा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । जीप सडकबाट करिब २५० मिटर तल खसेको छ ।  रासस

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  २०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update