Khabar Out
कैलालीमा सुत्केरी मृत फेला
subisu

गोदावरी (कैलाली) — गौरीगंगा नगरपालिका–७ स्थित कैलाशपुरमा एक सुत्केरी मृत फेला परेकी छिन् । १९ वर्षीया तुलसी नाथ घर नजिकै मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले मृत भेटिएकी नाथ सुत्केरी भएको खुुलेको बताए ।

नाथ घरको मूलद्वार अगाडिको नालामा मृत भेटिएकी हुन् । उनको १६ दिनको नवजात शिशु (छोरा) भने जीवितै रहेको प्रहरी नायब उपरीक्षक चन्दले बताए । रासस

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update