Khabar Out
सशस्त्र प्रहरीद्धारा पाँच करोड राजस्व सङ्कलन

सुनसरी । सशस्त्र प्रहरी बल ४ नम्बर गणले चालु आर्थिक वर्षमा रु पाँच करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । 

सशस्त्र प्रहरी बलले चालु आवको पहिलो १० महिनामा रु पाँच करोड एक लाख ९७ हजार ४४५ राजस्व सङ्कलन गरेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले राससलाई जानकारी दिए । 

subisu
Nepal Today

चालु आवको साउनमा रु ४७ लाख ३४ हजार ४६९, भदौमा रु ६१ लाख पाँच हजार ५०२, असोजमा रु ३२ लाख ९ हजार ५३६, कात्तिकमा रु ३६ लाख ३७ हजार २०७, मङ्सिरमा रु ५२ लाख ९१ हजार ५६४, पुसमा रु ७१ लाख ६८ हजार २९८, माघमा रु ४० लाख ३२ हजार ६५५ राजस्व सङ्कलन भएको छ ।

त्यसैगरी, फागुनमा रु ४२ लाख ९५ हजार ६७२, चैतमा रु ३४ लाख ५५ हजार ५०५, वैशाखमा रु ४७ लाख एक हजार ३८७ र जेठमा रु ३५ लाख ६५ हजार ५५० गरी जम्मा रु पाँच करोड एक लाख ९७ हजार ४४५ राजस्व सङ्कलन भएको छ । रासस 

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update